Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Get here post about Nepali sahitya. We have here published a Nepali novel or upanyas, written Jitendra sahayogee. It’s one of the unique Nepali novel in the Nepali literature world. All the words in this novel are starts from Nepali letter ‘pa’. You can read here in this post as the book ‘pagalpremee’.

पंकजलाई पत्र पठाइरहिन् । पंकजले पत्रहरु पाइरहृयो, पठाइरहृयो । पत्रले पूर्णविराम पाएन । पत्रको परेलामुनि पानी परेन ।

पंकजले पदमिनीलाई पचासवटा पत्र पठाइसकेपछि पंकजको परामनलाई पुसनपुरको प्रेमले पगाल्यो । पंकजलाई पुसनपुरको पाठशालाको परिकल्पनाले पछ्यायो । पुसनपुरकै पाठशालामै पधार्नुपर्ने परिज्ञान प्रशिक्षक पंकजको परामनमा पलायो । पुसनपुरकै पाठशालामा पधारेर पढाउनुपर्ने परामर्श परामनबाट पायो । पुसनपुरकै पाठशालामा पढाउने प्यास पलायो । पाल्पाको पुसनपुरको प्रेमले पंकजलाई पछार्‍यो । पाल्पै पुग्नुपर्ने परिस्थिति परामनमा पंकजले पायो । पुसनपुरको प्रेमले पिल्सियो । पाल्पाप्रतिको प्रेम पन्पियो । परामनमा पुसनपुरको प्रेम पनियो । पंकजले पढेको पुसनपुरको पाठशालाको प्रेम पूर्णतया पनिइरहृयो । पाँचथरबाट पाल्पा पधार्नुपर्ने परिस्थिति परामनमा परिआयो । पंकजको परामनले पंकजलाई पलाप्यो । पंकजको परमात्माले पंकजलाई पलाप्यो । पुसनपुरप्रति पंकजको परामनमा प्रेम पलायो । पुसनपुरको प्रेममा पंकज पौडिरहृयो ।

प्रशिक्षक पंकज प्रक्रिया पुर्‍याएर पाठशालाको परिषदमा पधार्‍यो । प्रसन्नताले पंकज पदाधिकारीसमक्ष पेसायो । परिषदको पदाधिकारीहरुले पाँच पन्ध्र्र प्रश्नहरु प्रशिक्षक पंकजलाई पुछे । पदाधिकारीहरुले पंकजलाई प्रश्न पुछेपछि पंकजले पुसनपुरको प्रेमका पानाहरु पल्टाइदियो । पुसनपुरकै पाठशालामा पढाउने प्यास पलाएको पेटबोलीको पुस्तक पल्टाइदियो ।

परिषदको प्रमुख पनि पंकजको प्रभावमा परेथ्यो । पंकजले पदाधिकारीलाई प्रचण्ड प्रभाव पारेथ्यो । पंकजको प्रस्ताव पुनर्विचारमा पर्‍यो ।

पदमिनीको पचपन्नौं पत्र पाएपछि पंकजले पयस पाठशालाबाट परिमुक्ति पायो ।

Advertisement

पाँचथरको पाठशालाको प्रतिष्ठा पातलिएन ।

पाँचथरमा पंकजले प्रशिक्षणमा प्रशस्त प्रख्याति पाएथ्यो ।

  २.

पिताले पुत्रलाई पर्खे । पुसनपुरवासीले पंकजलाई पर्खे । पुरनपुरकी पत्रमित्र पदमिनीले पत्रमित्र पंकजलाई पर्खिथिन् । पुसनपुरको पोखरीले पंकजलाई पर्खे । पुसनपुरका पथले पंकजलाई पर्खे । पुसनपुरका पुष्पहरुले पंकजलाई पर्खे । पुसनपुरको पुष्पवाटिकाले पंकजलाई पर्खेे । पुसनपुरको पीठले पर्खे पंकजलाई । पुसनपुरको प्रकृतिले पंकजलाई पर्खे । पंकजलाई पूरा पुसनपुरले पर्खे । पोहोर परारदेखि पंकजलाई पर्खेका पुसनपुरवासीहरुले पंकजलाई परन्तुमा पाइछाडे । पंकज पाँचथरबाट पाल्पाको पुसनपुर पुग्यो ।

पाल्पा पुगेपछि प्रथमतः पंकज पुसनपुर पुग्यो । पुसनपुरमा पुग्नासाथ पिताको पाउँ पर्‍यो । पाँच पुसकालपछि पंकजले पिताको पाउँ पर्‍यो । पुत्र पंकजले पितालाई पाएर परमानन्द पायो । पुत्र पंकजलाई पाएर पिता प्रेमलालले परमानन्द पाए । पंकजलाई पुसनपुरमा पाएर पुसनपुरवासीहरु पनि परमानन्द पाए । पुसनपुरमा पंकजको परिवारहरु पुर्खौ पुर्खादेखि परिश्रमका पसिनाका पानी पारिरहेछन् ।

पुसनपुर पर पुरनपुर पर्दछ । पुरनपुरमै पदमिनीको परिवार पर्दछ । पदमिनी पुरनपुरकै पाठशालामै पढथिन्, पहिले पहिले । पदमिनीले प्रवेशिका पासको प्रमाणपत्र पोहोरै पाइन् । पदमिनी प्रविणता पढ्दैछिन् ।

पाँचथरमा पढाउन पुगेको पाँच पुसकाल पूरा पुगिसकेपछि पंकज पाल्पामै पढाउन पुग्यो । पंकज पाल्पाको पुरनपुरकै पाठशालामै पढाउन पुग्यो । पुसनपुरको पाठशालामा पढाउन पुगेन । पुसनपुरको पाठशालामा पढाउने परिस्थिति पाएन, पढाउन पाएन ।

पुसनपुर पुगेको पर्सिपल्ट पंकज पुरनपुर पुग्यो । पाठशाला पुग्नुपुर्व पथमा पंकजले पथगामीलाई पुछ्यो, “पुरनपुरको पाठशाला पुग्ने पायक पथबारे पढाइदेऊ ।” पंकजको प्रश्नले पानी पारेन । पथगामीले पंकजलाई पहिले पुर्लुक्क पुर्ल्क्यायो । पंकजको प्रश्नको प्रत्रि्रश्नमा पथगामी प्रकाशले पुछ्यो, “पाठशालाको प्रशिक्षकलाई पथबारे पढाउँछु । पाठशालामा पढाउने पुरुषलाई पथबारे पढाउँछु । पहिले परिचय पाऊँ ।” पथगामीले पंकजको परिचय पायो । पंकजले पनि पथगामीको पूरा परिचय पुछेपछि पायो । पंकज पुरनपुरको पाठशाला पुग्ने पथबारे पथगामीबाट पहिचान, परिचय पायो । पंकज पुरनपुरको पाठशालातिर पधार्‍यो।

Advertisement

Get here post about Nepali sahitya. We have here published a Nepali novel or upanyas, written Jitendra sahayogee. It’s one of the unique Nepali novel in the Nepali literature world. All the words in this novel are starts from Nepali letter ‘pa’. You can read here in this post as the book ‘pagalpremee’.

पुरनपुरको पाठशालामा पंकज पहिलोपल्ट पधार्‍यो । पाठशालामा पधार्दा पंकजले परमानन्द पायो । पाठशालामा पुगेपछि पंकजले प्रथमतः प्रधानाध्यपकको परिचय पायो । प्रधानाध्यपकले पनि पंकजको पूरा परिचय पायो । पंकज पाठशालामा पुगेको प्रथम प्रहरमा पाठशालाका प्रधानाध्यपकले परितोषले पटका पट्काए । प्रधानाध्यपकद्धारा पट्काइएको पटका पटट पट्कियो । पटाकाहरु पर्रर पट्के । परिआएमा परितोषका पलहरुमा पटका पनि पट्काउनुपर्छ । पटका पट्काउन पाइन्छ ।

पाठशालाको प्रधानाध्यपक पंकजको प्रभावमा पर्‍यो ।

पंकजले पाठशालाको प्रशिक्षक, प्रशिक्षिकाहरुको पनि परिचय पायो । पाठशालामा पढाउने प्रवुद्ध पठितहरुको परिचय पायो । प्रशासकको पनि परिचय पायो । पाठशालाको पूरा परिवारको परिचय पंकजले प्रधानाध्यपकबाट पायो । पंकजले पाठशालाको पूरा परिवारबारे प्रधानाध्यापकलाई पुछ्यो । पाठशालामा पढाउन पाउने पुर्वाधारबारे पुछ्यो । पाठशालामा पंकजले प्रशासकको प्रश्रय पायो । पाठशालाको प्रधानाध्यपकबाट प्रशिक्षक पद पायो । पढाइमा पारङ्गत पंकजले पाठशालामामा प्रशिक्षकको पद पायो । पहिले पाँचथरमा पनि पंकजले पाठशालामा प्रशिक्षककै पद पाएथ्यो । पुरनपुरमा पनि प्रशिक्षककै पद पायो । प्रक्रिया पुर्‍याएपछि पंकजले प्रशिक्षकको पद पायो । प्रशिक्षकसहित पढाउने प्रबुद्ध पुरुषको पद पनि पंकजले पायो । पाठशाला परिवारमा पंकज पनि पर्‍यो ।

“पाठशालामा पर्सिदेखि पढाउनुहुन्छ -” प्रधानाध्यपकले पुछ्यो ।

“पर्सिदेखि । पर्सिदेखि पाठशालामा पधार्नेछु ।” पंकजबाट पुर्वसूचना प्रधानाध्यपकले पनि पायो । पाठशालाबारे पूर्ण परिज्ञान पाइसकेपछि पंकज पाठशालाबाहिर पुग्यो । पुरनपुरको पाठशालाबाट पंकज पुसनपुरतिरको पथलाई पछ्यायो ।

पाठशालाबाट पंकजले पारिश्रमिक पनि पाउनेछ ।

पंकज पर्सिपल्टको प्रभातकालमा पुरनपुरको पाठशाला पुग्यो । पर्सिपल्टदेखि पंकज पाठशालामा पढालुहरुलाई पढाउन पधार्‍यो ।

पाठशालामा पढालुहरुले पाठपत्र पायो पंकजबाट । पढाउनलाई पंकजले पाठ्यक्रम प्रधानाध्यपकबाट पायो । पाठ्यसामग्रीहरु पाएपछि पंकजले पहिले पढ्यो । प्रशिक्षार्थीहरुले पाठावली पाए । पढालुहरुले पंकजबाट पाठावली पाए । पाठ्यक्रम प्रशिक्षार्थीहरुले पाए ।

पंकजले प्रशिक्षार्थीहरुलाई पढायो । पंकजले पाठिकाहरुलाई पनि पठायो । पंकजले पाठशालाका पूरा पाठकहरुलाई पढायो । पाठशालामा पढ्न पधार्नेहरुलाई पंकजले पढायो । पुरनपुरको पाठशालामा पहिलोपल्ट पढायो ।

Advertisement

पुरनपुरमा पनि पंकजले पढाउनमा प्रसिद्धि पायो । प्रज्ञाको प्रबोधक पंकजले प्रशिक्षार्थीहरु प्रभावपूर्ण पद्धतिबाट पढायो । प्रशिक्षार्थीहरुलाई पुनर्ताजगीको पाठ पढायो । परिस्थितिको पर्यवेक्षणमा पंकजले पठायो । पुनर्जागित परम्पराको पाठ पनि पढायो । पढाउनमा पोख्त पंकजले प्रढालुहरुलाई पढायो । पाठशालामा पंकजले पाचन प्रणाली पढायो । पठनपाठनमा पंकज पछि परेन । पाठयोजनाबाट पन्छेन । प्रशस्त पुस्तकहरुमा पाठभेद पाइन्थ्यो । प्राथमिक पाठशालामा पाठान्तर पुस्तकहरु पनि पढ्थ्यो । पंकजले पाठ्यविषय पढाउँथ्यो । परिश्रमी प्रशिक्षकले परिश्रमी प्रशिक्षार्थीहरुलाई पढायो । पाठशालामा पंकजले पढालुहरुलाई पद, पदवर्ग, पदावली, पदसँगति, पदव्याख्या, पदविन्यास, पदविच्छेद, पदविरामबारे पढायो । पंकजको पढाउने पद्धतिमा पृथकता पाइन्थ्यो । प्रभावशाली प्रशिक्षकमा पंकज पर्‍यो । पंकजलाई परिहार्य पुरुषमा पारेन पुरनपुरवासीहरुले ।

पाठशालामा पढाइसकेपछि पंकज पुरनपुर पर्रिभ्रमणमा पधार्‍यो । पत्रमित्र पदमिनीसँग प्रत्यक्ष परिचय पाउने परिकल्पनाले पंकज पुरनपुर पर्रिभ्रमणमा पधार्‍यो । पदमिनीसँग प्रत्यक्ष पहिचान पाउन पर्रिभ्रमणमा पधार्‍यो ।

पृथ्वीको प्रकृतिभित्र प्रशस्त प्रकारका प्राणधारीहरु पाइन्छन् । प्रकृतिमा प्रशस्तका प्रजातिका प्राणीहरु पाइन्छन् । पुरनपुरमा पनि प्रशस्त प्रजातिका प्राणधारीहरु पंकजले पाउँछ । पाठशालाबाट पर्रिभ्रमणमा पधारिसकेपछि पंकज पुष्पवाटिका पुगेछ । पंकजले पाठशाला पर प्रथमतः पुष्पवाटिका पायो । पुष्पवाटिकामा प्रशस्त पुतलीहरु पायो । पुतलीहरु पनि

प्राणीमा पर्दछन् । पुष्पका प्रशस्त प्रकारहरु पायो । पुष्पहरु पनि प्राणधारीमै पर्दछन् । परन्तु पुष्पको पुर्वरुप पालुवामा परिमल प्रशस्त पाइदैन । पालुवामा परिमल प्रशस्त पाइदैन । पंकजले पुष्पवाटिकामा प्रसूनहरुबाट प्रचुर परिमल पायो ।

पुष्पवाटिकापछि पंकज पुरनपुरकै पानीघट्टमा पुग्यो । पानीघट्टमा पाँचजना पुरनपुरवासीहरु पिठो पिँधिरहेको पायो । पिठो पिँधिरहेका पुरनपुरवासीहरुलाई पुरनपुरकै पदमिनीको प्राङ्गनको पथबारे पुछ्यो । पदमिनीबारे परिज्ञान पाएपछि पानीघट्टको पल्लोपट्टकिो पोखरीतिर पधार्‍यो ।

पानीघट्टपछि पंकज पोखरीनिर पुग्यो । पङ्कलि पाइलाहरु पोखरीमा पखाल्यो । पङ्कलि पैन्टले पहिले पातले पुछेथ्यो ।

पुरनपुरको पोखरीमा पानीहाँस प्रशस्त पाइन्छ । परन्तु पुरनपुरको पोखरीमा पानीफल पाइदैन । पुरनपुरको पोखरीमा पानघडी पनि पाइदैन । पुरनपुरको पोखरीमा पानीघोडा पाइदैन । पोखरीमा पानीजहाज पाइदैन । पानीढल पनि पाइदैन । परन्तु पुरनपुरको पोखरीमा पानीहाँस पालेको पायो । पुरनपुरको पोखरीमा प्रशस्त पानीहाँस पालेको पंकजले पायो । पानीमा पानीहाँसहरु पौडिरहेथ्यो ।

पोखरीमा पाँचजना पुरनपुरवासीहरु पोसाकहरु पखाल्दैथे । पसिनाले पोसाक पखालिदैन । पानीले पोसाक पखालिन्छ । पोखरीका पानीले पुरनपुरवासीहरुले पोसाक पखाल्दैथे । पंकजले पोसाक पखाल्नेलाई पदमिनी पाण्डेबारे पुछ्यो । पहिरन पखाल्नेहरुबाट पंकजले पदमिनीको पहिचान पायो । पोसाक पखालिरहेका पाँचजना पुरनपुरवासीहरुमा पदमिनी पनि परिन् ।

पदमिनी पनि पोखरीमा पोसाक पखाल्दैथिन् । पंकजले पदमिनीलाई पुल्र्क्यायो । पदमिनीले पंकजलाई पुर्ल्क्याइन् । पदमिनीले पंकजको परिचय पाइन् । पंकजले पदमिनीको परिचय पायो । पुरनपुरका पर्रिभ्रमणमा पदमिनीको परिचय पंकजले पायो । पदमिनीले पंकजलाई पुरनपुरमै पाउँदा परमानन्द पाइन् । पंकज पनि पदमिनीलाई प्रत्यक्षतः पाउँदा परमानन्द पायो । पूर्णसन्तुष्टि पायो । पत्रमित्रलाई पहिचानेन पहिले पंकजले । पछि पंकजले पत्रमित्रलाई पहिचान्यो । परिचित पत्रमित्रलाई पछि पहिचान्यो । पदमिनीले पंकजबाट पोखरीमै पुष्प पाइन् ।

“पाँचथरमा पोखरी पाइदैन ?” पंकजले प्रश्नको पोको प्रमिलाबाट पायो । प्रमिला पुरनपुरवासीमै पर्छिन् । प्रमिला पनि पोखरीमा पदमिनीसँगै पोसाक पखाल्दैथिन् । प्रमिलाले पनि पदमिनीको पत्रमित्र पंकजको परिचय

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *