Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

परन्तु पंकजले पदमिनीको पर्दाभित्रको प्रेम पाएन । पाउने प्रयोजन पनि परामनमा पालेन ।

पर्तीमा पंकजले पाद्यो । पुरापुर पाद्यो । पंकजको पदाइ पदमिनीसम्म पुग्यो । पदमिनीले पंकजको पदाइ पचाइनन् । पदमिनीलाई पंकजलाई पच्कारिन् । पंकजलाई पनि पीर पर्‍यो । पदमिनीलाई पनि पीर पर्‍यो । पदमिनीलेपंकजलाई पद्दुको पदवी पहिराइदिइन् । पदमिनीले पंकजको पदाइको प्रसङ्गलाई पन्छाइनन् । पदुवा पंकजलाई पीर पर्‍यो । पादले पिरोल्यो । पंकजको पदाइलाई परितोषक पदाइमा पारिएन ।

पर्तीमा प्रेमीप्रेमिकालाई पल्लाघरे पण्डितले पहचाने । पल्लाघरे पण्डितले पंकजसँग पदमिनीलाई पर्तीमा पहचाने । पिछलग्गुहरुले पर्तीमा पैसावाल परशुरामकी पुत्री पदमिनीलाई पहिचाने।

पानी पर्‍यो । पिलपिल प्रकाशमा पानी पर्‍यो । पुन्जीभूत पयोधरले पानी पार्‍यो । पुन्जित प्रकाश पाएन । पयोधरले पानी पार्छ । पयोधरले पारेको पानी पयोनिधीसम्म पुग्छ । पालेघरभित्र पस्यो पानी परेको पलमा । पहिरनमा परेको पानीलाई पुछुवाले पुछ्यो । पानीलाई पर्दाले पुछेन । पाठशालाको परिसरमा पालेलाई पिउने पानीबारे पुछ्यो । परेको पानी पंकजले पिएन । पंकजले पियाउनी पियो । पंकजले पवित्र पानी पियो । प्यासमा पानी

पिउनुपर्छ । पंकजमाथिको पयोधर पर पर पुग्यो । पानी परेन । पंकज पुसनपुरतिर पधार्‍यो ।

पठ्ठापठ्ठीको पिरती पदमिनीको पिताले पनि पढ्यो । पिछलग्गुहरु पदमिनीको पितासमक्ष पदमिनीको प्रेमबारे पढायोे । पिछलग्गुहरुबाट पुत्री पदमिनीको प्रेमको परिज्ञान परशुरामले पाए । पण्डितबाट परशुरामले पुत्री पदमिनीको परजाति पंकजसँगको प्रेमबारे परिज्ञान पाए । पढाउनमा प्रख्याति पाएका पंकजको पदमिनीसँग परजाति प्रेमले पनि प्रख्याति पायो ।

Advertisement

 १३.

परिआएमा पछौटेपनलाई पछार्नुपर्छ । परिआएमा पखाईमा पन्चरत्न पनि पुर्नुपर्छ । परिष्कृत परम्परालाई पचाउनुपर्छ । पहिरनहरु पुरानियो । पुरानिएका पोसाक, पहिरन पहिरिदैनन् । परम्परा पुरानियो । पुरानिएका परम्परा पठितहरुले पचाउँदैनन् । पुरानिएका पददलित परम्पराहरुलाई पचाउनुहुन्न पनि ।

परिआएमा प्रेमिकाको पाउँ पनि प्रेमी पर्नुपर्छ । पंकज पुरनपुरमा पुगेर पदमिनीको प्राङ्गनमा पुग्यो । पंकज पदमिनीको पिताश्रीको पाउँ पर्‍यो । पंकजलाई पदमिनीको पिताले पहचानेथे । पाइजामा पहिरिएको पंकजबाट पाइजामा पहिरिएको पदमिनीको पिताले परिणय प्रस्ताव पाए । पाठशालाको प्रशिक्षकबाट पैसावाल परशुरामले पुत्री पदमिनीको परिणयबारे प्रस्ताव पाए । पंकजसँग पदमिनीले परिणयको पन्चामृत पिउन पाउनुपर्ने प्रस्ताव परशुरामले पाए ।

पदमिनीलाई पाउनुपर्ने पंकजले प्रेमको प्रस्ताव पितासमक्ष प्रकाश पार्‍यो । प्रस्तावको प्रतिवादमा पिताले पैसाबारे पुछे । पदमिनीको पिताले पाठशालाको प्रशिक्षक पंकजलाई पैसाबारे पुछे । पदमिनीको पिताले पंकजलाई पत्नीलाई पाल्ने पुर्वाधार पैसाबारे पुछे । प्रतिवादबाट पंकज पन्छेन । पंकजको प्रेमले पदमिनीको पिताश्रीलाई पगारेन । पिताको पाषण हदय पग्लेन ।

परशुरामले पंकजलाई पच्कारे, “पैसावालले पत्नीलाई परमसुखले पाल्छ । पैसावाल पतिले पत्नीलाई परितोषले पाल्छ । पैसावाल पतिले पत्नीलाई परमानन्दले पाल्छ । प्रशिक्षकले पत्नीलाई परमसुखले पाल्दैन । प्रशिक्षक पतिले पत्नीलाई परितापले पाल्छ । पाठशालामा पठाउनेले पत्नीलाई परितापले पाल्छ । परजातिको प्राङ्गनमा पाण्डेले पानी पनि पिउनुहुन्न । परिणयको पाना परजातिसँग पल्टिदैन । पंकज, पुसनपुर पधार । पदमिनीले परजातिको पाणीबाट पानी पनि पिउँदैन । पाण्डेले परजातिको पाणीबाट पानी पनि पिउँदैन, पिउनुहुन्न ।”

पदमिनीले परिणयपश्चात परितापै परिताप पाउँदिनन् । परन्तु पदमिनीको पिता परशुरामले पंकजलाई पत्याएनन् । पंकजमाथि परशुरामलाई पत्यार परेन । पुत्री पदमिनीलाई पंकजले पाल्दैन । पंकजको प्रशिक्षकको पैसाले पुत्रीलाई पुग्दैन । पुत्री पदमिनीलाई पंकजले परमसुखले पाल्दैन । पुत्री पदमिनीले परिणयपश्चात परिताप पाउनेछ ।

परशुरामले पुत्री पदमिनीलाई पैसावालकहाँ पठाउनेछन् । पैसावालको पत्नीमा पुत्री पदमिनीलाई पार्नेछन् । पिता परशुरामले पुत्री पदमिनीलाई परजातिकहाँ पठाउँदैनन् । परजातिको पत्नीमा पुत्री पदमिनीलाई पार्दैनन् । पदमिनीको पिताले पैसालाई पुज्थे । पदमिनीको पिताले पैसावाललाई पुज्थे । पदमिनीको पिताले पैसावाललाई परमेश्वरको पद पहिराउँथे ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *