Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.
परन्तु प्रेमपर्वमा पंकजले प्रेम प्रस्तावको पाना पदमिनीसमक्ष पल्टायो । पदमिनीले पंकजको प्रेम प्रस्तावमा पुनर्विचारमा पारिनन् । प्रेम प्रस्तावको प्रतिक्रिया पनि पंकजले पन्ध्र पलामै पायो । प्रेम प्रस्तावको प्रतिक्रियामा पदमिनीबाट पंकजले पिटाइ पाएन । पंकजले पदमिनीबाट प्रेमको प्रमाणपत्र पायो । पदमिनीसँग पंकजको प्रेम पर्यो । पदमिनीलाई पंकजको प्रेममा पत्यार पर्यो । पंकजलाई पदमिनीले पत्याइन् । पंकजले पदमिनीमाथि प्रचण्ड प्रभाव पारेथ्यो । प्रेमको प्यासी पंकजले प्रेमको पानी पिउन पायो ।
प्रेमी प्रेमिकाको परिपाटीहरुभित्र पंकज पदमिनी परे । पत्रमित्रबाट प्रेमीप्रेमिकामा परे । पंकज पदमिनी प्रेम प्रस्तावपछि प्रेमीप्रेमिकामा परे । पंकजको प्रेमिका पदमिनी परिन् । पदमिनीको प्रेमी पंकज पर्यो । पहाडी प्रेमीले पहाडी प्रेमिका पायो । पहाडी प्रेमिकाले पहाडी प्रेमी पाइन् । प्रेमको प्रकटीकरणले पंकजले प्रेम पायो । पंकजले प्रसन्नता पायो । प्रेमको पियासले पदमिनीसम्म पुगाएथ्यो । पच्चीस पुसका पाना पल्टाएको पंकजले पच्चीसै पुसका पाना पल्टाएकी पदमिनीलाई पायो । पदमिनीसँग पंकजले प्रेमको पुस्तकका पानाहरु पल्टाउन पायो । पुस्तकमा प्रेमका पानाहरु परमसुखले पढ्यो । पदमिनीको पहिलो प्रेम पंकजले पायो । पंकजको पहिलो प्रेम पदमिनीले पाइन् । प्रेमको पहेली पथमा पंकजका पाइला पुग्यो । पदमिनीका पाइलाहरु पनि प्रेमपथमा पुगे । पंकज पदमिनीबीच प्रेमको पानी पर्यो । परमेश्वरले प्रेमको पानी पारे । प्रेमको परमेश्वरले पानी पार्दा पंकजले पदमिनीलाई पायो । प्रेमपाशमा पदमिनीलाई पंकजले पार्यो ।
पत्रमा प्रेमको प्रतिविम्ब पाएथ्यो । प्रेमको परिसुचक पत्र पाएथ्यो । पत्रमित्र पदमिनीको पत्रमा प्रेमका पानीहरु पोखिएको पंकजले पाएथ्यो । पंकजको परिवर्तित परामनलाई पनि पहचान्यो । पत्रको परिपुष्टि पनि पंकजले पुरनपुरमा पधारेपछि पायो । प्रेमका पुस्तकका पानाहरु पदमिनीले पहिलेदेखि पल्टाएकी पंकजले पायो ।
प्रत्येक प्राणीले प्रेम पाउँछ, पाउनुपर्छ पनि । पंकजले पनि प्रेम पायो । पंकजले पदमिनीको प्रेम पायो । प्रत्येक प्राणीले प्रेमको पन्चामृत पिउन पाउनुपर्छ, पिउनुपर्छ । पंकजले पदमिनीसँग प्रेमको पन्चामृत पियो । प्रेमको प्रथम पाइलाले पंकजले परमानन्दको प्रत्याभूति पायो । पवित्र प्रेमको पदचापलाई पंकजले पछ्यायो । पंकज प्रेमको पदयात्रीमा पर्यो । पदमिनी पनि पे्रमको पदयात्रीमा परिन् । पदमिनीसँग पंकजले प्रेमको पथमा पधार्यो । प्रेमको पदक पायो । प्रेमको प्रपन्चमा पर्यो पंकज । प्रेमको प्रपन्चमा पदमिनी पनि परिन् । प्रेमको परमसत्ता पंकजले पायो । प्रेमको परमशक्ति पंकजले पायो । प्रेमले परिप्लावित पुस्तिका पदमिनीलाई पंकजले पायो । पंकजले प्रेमले परिप्लावित पुस्तिका पदमिनीलाई पढ्यो । प्रेमको पुस्तकभित्र पंकजले पदमिनीलाई पायो । पदमिनीलाई पढ्यो ।
पंकजको प्रेमको पुर्वाधारमा पत्रमित्रता पर्छ । पृष्ठपोषण पाएको पत्रमित्रताले प्रेमका पथलाई पछ्यायो । पत्रमित्रताको पथमा प्रेमपथ पहिलियो । पत्रमित्रताको पश्चार्धमा प्रेमको पल्लव पलायो । प्रेमको पाठ पढ्यो पत्रमित्रताको पाठ पढेको पंकजले । पत्रमित्रबाट परिवर्तित प्रेमिकाको प्रेम पंकजले पायो । पत्रमित्रताको परिवर्तन प्रेममा पुग्यो । परिष्कृत प्रेम पायो । प्रेममा परिणत पत्रमित्रता पंकजले पहिचान्यो । प्रेममा परिणत पंकजको पत्रमित्रतालाई पदमिनीलेपनि पहिचानिन् । पत्रमित्रताको परणतिमा प्रेमको पिठो पिँधे, पत्रमित्रहरुले । पत्रमित्रतामा प्रतिरोध पाएन । प्रेममा प्रतिरोध
पाएन । पदमिनीले पंकजको परामन पहिचानिन् । पंकजले पदमिनीको परामान पहचान्यो । प्रेमको पुर्वाधमा पदमिनीबाट पवित्र प्रेम पायो पंकजले । प्रेमको पूर्वीपनले परमानन्द पायो । पंकजको प्रेम पनि पृथक प्रेममा पर्दथ्यो । पदमिनीको प्रेम पाएपछि पंकज पोक्कियो । प्रेममा परिपक्वता पंकजमा पाइयो ।
प्रेमलाई पुज्नुपर्छ । पछौटेपनलाई पुज्नुहुन्न । प्रेमको प्रदीपनबाट परमानन्द पाइन्छ । प्रेमी प्रेमिकालाई प्रेमका प्रतिकमा पारिन्छ, परिपूरकमा पारिन्छ । प्रेममा परितृप्ति पाइदैन । प्रेममा परिपूर्णता पाइदैन । प्रेममा परमेश्वर पाइन्छ पाइदैन, परन्तु प्रेममा परमेश्वरको परमहंस पाइन्छ ।
प्रेमिका परिमेय पदार्थमा पर्दैन । प्रेम परिमाणक पदार्थमा पर्दैन । पवित्र प्रेमको परिवहनलाई पहिचान्नुपर्छ । परापुर्वकालदेखि प्रेमलाई पवित्रताको पंक्तिमा पर्छ । पदमिनीको प्रेम पाउनमा पनि पंकजलाई प्रशस्त परिश्रम पर्यो ।
परिणाममुखी पत्रमित्र पंकजले पाएछ । पंकजको प्रेम पलायो । प्रेमको पल्लव पलायो । प्रेमको पथगामी पंकज पन्छिएन । पछि पंकजको प्रेम पनियो । प्रत्येक पललाई पन्याउँथ्यो, पदमिनीको प्रेमलाई पंकजले । पंकज प्रेमको पर्दाभित्र पस्यो । पदमिनीको प्रेम पंकजलाई पच्ाायो । पवित्र प्रेमलाई पच पारेन । प्रेमको प्रकृतिलाई पहिचान्यो । पंकजको प्रेमको पालुवा पतझरमा पनि पलायो । पदमिनीका पाइलाहरुले प्रेमपथलाई पछ्यायो । प्रेमपथलाई पछ्याइरहेको पंकजका पाइलाहरुले पाइला प्रेमपथलाई पछ्याइरहेको
Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.